काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा नेकपा एमालेको आवश्यक रहेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विकासका लागि स्थानीयदेखि सङ्घीय निर्वाचनमा एमालेको जीत आवश्यक रहेको बताएको छ ।
एमाले जिल्ला कमिटी लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा एमालेको सरकार रहँदा देशमा विकास गरेको दाबी गर्दै ओलीले वर्तमान सरकारले १० महिनामा विकासको गति दिन नसकेको आरोप लागाएको छ ।
कार्यक्रममा एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, संविधानसभा सदस्य तथा पार्टी सचिवलय सदस्य डा भिष्मनाथ अधिकारी, संविधानसभा सदस्या तथा पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश कमिटि सचिव तथा प्रदेशसभा सदस्य धनञ्जय दवाडी लगायतको उपस्थिति रहेको थियो ।
Add Comment