काठमाडाैँ । नेप्से परिसूचक साताको अन्तिम दिन बिहिबार उच्च अङ्कले ओरालो लागेको छ । आज नेप्से परिसूचक ४१.०२ अङ्कले ओरालो लागेर २ हजार १ सय ४९.४१ मा सीमित भएको छ ।
आज ठूला कम्पनीको शेयर कारोबार ७.८९ अङ्कले ओरालो लागेर ४ सय ११.२५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
कारोबारकाे आधारमा २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । कूल १ करोड ४४ लाख ८२ हजार ९ सय ५९ कित्ता शेयर ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७ सय २४ मूल्यमा खरिद बिक्री भएकाे छ । आजको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३ अर्ब १५ करोड ६९ लाख ४७ हजार ६ सय २५ बराबर काराेबार भएकाे छ ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड २० लाख १२ हजार एक सय ३१ बराबरको कारोबार गरेकाे छ । रिडी पावर कम्पनी रु १७ करोड ८३ लाख १० हजार ८ सय २२, ङादी पावर कम्पनी १६ करोड ९४ लाख २० हजार ६ सय ७०, अपि पावर कम्पनी १४ करोड चार लाख ४५ हजार आठ सय र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी १२ करोड ८४ लाख ९९ हजार नौ सय २३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएकाे छ ।
Add Comment