काठमाडौँ । प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले ३ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित १ समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राज भण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
शपथग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको बताएका थिए ।
Add Comment