काठमाडौँ । संखुवासभाको मकालु गाउँपालिकाका बाबुछोराले एकै पटक मकालु हिमालको आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन् । गतबर्ष १६ दिनमा ३ पटक मकालु हिमाल आरोहण गरेर गिनिजबुकमा नाम लेखाएका संखुवासभाका लाक्पा शेर्पा पुनः आफ्ना बुबासहित मकालु हिमालको चुचुरोमा पुगेर फर्किएका छन् ।
उनले यसपटक आफ्ना ५४ बर्षीय बुबालाई समेत मकालु हिमालको चुचुरोमा पुयाएका छन् । हालसम्म ७ पटक मकालु हिमालको आरोहण गरिसकेका लाक्पा बुबासँग सन् २०२३ मे १३ मा मकालु हिमालको चुचुरोमा पुगेका हुन् । उनले सन् २०२२ को मे १२, २० र २८ मा मकालु हिमालको सफल आरोहण गरी छोटो अवधिमा मकालु हिमालको तीनपटक आरोहण गर्ने व्यक्तिका रुपमा गिनिज वल्र्ड रेकर्ड बनाएका हुन् ।
हिमाल आरोही शेर्पाले सन् २०२२ मे २८ मा बिश्वकिर्तिमान कायम गरेको घोषणा भएको थियो । उनले बि.सं. २०७९ फागुन महिनामा गिनिज वल्र्ड रेकर्डको आधिकारिक प्रमाण–पत्र प्राप्त गरे । ८ हजार ४ सय ८५ मिटर अग्लो मकालु हिमालका अतिरिक्त लाक्पा शेर्पाले सगरमाथा एकपटक, मनास्लु दुईपटक, ल्होत्से एकपटक, बश्वकै टेक्निकल हिमालको रुपमा रहेको माउन्ट आमादब्लमको ६ पटक गरी २० बर्षको उमेरदेखि विभिन्न चरणमा हिमाल आरोहण गर्दै आएको बताए ।
उनले भने सेभेन समिट ट्रेकिङका फिल्ड मेनेजर समेत भईसकेका उनले बुबासँगको मकालु हिमाल आरोहण मे १३ को बिहान साढे ८ बजे ९ जनाको समूहमा सम्पन्न गरेको बताए । लाक्पा स्वयम् लिडर रहेको सो समूहमा नेपाली र बिदेशी नागरिकहरु सहभागी भएको थिए ।
यो आरोहणसंगै छिमेकी राष्ट्र चीनमा रहेको मुस्ताखाता हिमाल आरोहणमा प्रशिक्षकका रुपमा लाक्पा शेर्पा त्यसतर्फ जाने भएका छन् । नेपालबाट २३ घण्टा हवाई यातायात गरेपछि पुग्न सकिने मुस्ताखाता हिमाल ७ हजार ८ सय मिटर उचाईमा रहेको छ। लाक्पाले भने, ‘मुस्ताखातामा मैले एउटा गाइड्टिचरको रुपमा धेरैबर्ष अघिबाट काम गर्दै आएको हुँ र केहीदिनभित्रै पुनः त्यहाँ जाने तयारी गरेको हुँ ।’
Add Comment