काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ८.११ अंकले घट्दै २१ सय ५६.२० अंकको विन्दुमा ओर्लिएको छ । आजसम्म गरी तीन दिनमा ७० अंकमाथिले नेप्से सूचक घटेको हो ।
नेप्से सूचकमा गिरावट आउँदै गर्दा यता कारोबार समेत खस्किन पुगेको छ । नेप्सेका अनुसार आज ८ अंकले घटेको बजारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।
आज १३ वटा उपसूचकमध्ये फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् ।
किसान लघुवित्त वित्तीय संस्थका सेयरधनीले आज अधिकतम ६.९६ प्रतिशतले कमाएका छन् भने जाल्पा सामुदायिक वित्तीय संस्थाका सेयरधनीले ६.४९ प्रतिशतले गुमाएका छन् ।
Add Comment