काठमाडौ । सञ्चारकर्मी रवि लामिछानेले तीन महिनामा अथक मेहनत गरेर स्थापित गरेको राजनीतिक दल हो राष्ट्रिय स्वतन्त्र पार्टी । पार्टी स्थापना भएको तीन महिनामा देश दौडाहामा निस्किएका सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नेतृत्वको रास्वपालाई साँच्चिकै राष्ट्रिय पार्टीका रुपमा पहिचान मात्र बनाएनन् पार्टीको सभापतिलाई यो देशको शक्तिशाली उपप्रधान तथा गृहमन्त्री बनाउन समेत सफल भए । उनको योगदानलाई कसैले पनि विर्सनु भने हुँदैन ।
तर रवि लामिछाने सञ्चारकर्मी भएका बेला भित्र जे भएपनि बाहिरबाट झट्ट हेर्दा जनताको आवाज बोले । तल्लो तहसम्मका जनताको आवाजालाई टेलिभिजनको पर्दा मार्फत उजागर गरे त्यसको फल स्वरुप उनी र उनको पार्टीलाई निकै नै विश्वास गरेर निर्वाचित गराए ।
रवि लामिछाने निर्वाचनमा होमिनु अघि स्वतन्त्र रुपमा काठमाडौ महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भए । चौतर्फी रुपमा बालेनको चर्चा र वहस हुन थाल्यो । बालेनले जनताको विश्वास जित्नका लागि साँच्चै नै काम गरेर देखाईदिए । बालेनको काम चर्चा भईरहँदा आमनिर्वाचन भयो । रवि लामिछानेले स्वतन्त्र पार्टी घोषणा गरे । जनताले साँच्चै नै त्यो पार्टी बालेनले जस्तै गरी जनताको मन जित्न सक्छ अनि जनताको काम पनि गर्छ भनेर मतका माध्यमबाट कांग्रेस र एमालेलाई जिल्याउँदै रविलाई जिताए पनि ।
तर रविलाई जनताले बालेनले जस्तै काम गर्छ भन्ने सोचेका थिए । बालेनले जनतलाई ढाटेनन्, झुक्याएनन तर उनको अंश जस्तै गरी निर्वाचित भएका रवि लामिछानेले जनतालाई मज्जैले झुक्याए अनि ढाँटे । रविको पार्टी स्वतन्त्र हैन निरंकुश पार्टीका रुपमा आफैले स्थापित गरे ।
राम्रो काम जति सवै मेरा नराम्रा काम जति सवै उसका भन्ने रविको सोच बढ्न थाल्यो । सामाजिक सञ्जालको राम्रै गरी सदुपयोग गरेका रविले पार्टीलाई भन्दा पनि आफूलाई स्थापित गरी त्यहाँ भित्र भने अरुले बोल्न नै नपाउन गरी निरंकुशता लादि रहे ।
सांसद ढाकाकुमारलाई बलिको वोको बनाएर सांसद पद सक्याउने खेल रविकै कारणले भएको हो भन्दा थोरैले मात्र विश्वास गर्लान् । तर सत्य त्यही नै यियो । रास्वपा भित्र अहिले महामन्त्री मुकुल ढकालले मुखका कालोटेप वाँधेर कार्यसमिति वैठकमा उपस्थित हुनु भनेको त्यहाँ भित्र बोल्ने स्वतन्त्रता छैन, रविको निरंकुशता छ भन्ने कुराको अर्को उदाहरण पनि हो । रविको पार्टी नाम मात्रको स्वतन्त्र हो, वास्तविक स्वतन्त्र पार्टी अझै बनिसकेको छैन ।
सञ्चारकर्मी हुँदाको ह्याङले रविलाई छाडेको छैन । उनी सोचिरहेका छन् पार्टी आफ्नै कारणले यो अवस्थामा पुगेकाले म बाहेक कोही पनि छैन भन्ने घमण्ड छ । त्यही भएका कारण मुकुलले कालोटेप बाँध्नु पर्ने अवस्था आएको हो । लामो समय गृहमन्त्री हुँदा रविले गर्न सक्ने काम धेरै थिए तर गर्न सकेनन् ।
बरु उनी टेलिभिजनको पर्दाका कराउन सिपालु भएकाले मन्त्री हुँदा पनि संसददेखि सडकसम्म कराउन मात्र जाने काम गर्न जानेनन् । कारण उनीमा अहम्ता र घमण्ड सवार हुँदै गयो र निरंकुश शैली छाड्न सकेनन । त्यही भएर पनि रास्वपा निरंकुशतामा रमाएको पार्टी हो भन्दा फरक नपर्ला ?
Add Comment