काठमाडौं । विभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका व्यापारीहरुको संस्थाका रुपमा चिनिन्छ नेपाल उद्योग बाणिज्य महासंघ । त्यही महासंघको नेतृत्व र पदाधिकारीका लागि चैत ३० गते निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि व्यवसायमा संलग्नहरुले आआफ्नो उम्मेदवारी दिएका छन् ।
महासंघको आगामी निर्वाचनको सरगर्मीै बढिरहेको बेला महिला सदस्यमा पनि लामो सयमदेखि व्यवसायमा संलग्न रहँदै सामाजिक कार्यमा जुटिरहेकी सुष्मा महराले पनि आफूलाई भावी महासंघको सदस्यका रुपमा निर्वाचित गराउन यतिखेर चुनावी मैदानमा उत्रदै मतदातासँग पुगिरहेकी छिन् । ‘महिला कोटा’ उम्मेदवारहरु आफूलाई उभ्याएका महराको कारण प्यानल भन्दा पनि व्यक्तित्वको असर पर्ने देखिएको छ ।
लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील र निष्कलंक छवि बनाएकी महराको उम्मेदवारीलाई महासंघभित्र पारदर्शिता र उत्तरदायित्व बहन गर्न सक्ने महिलाका रुपमा लिइएको छ ।
विशेषगरी साना तथा मझौला व्यवसायी र महिला उद्यमीहरूको हक, हित र अधिकारको संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी महराले “व्यवसायमैत्री वातावरण र समावेशी नेतृत्व“ को नारालाई अघि सारेकी छन् ।
महराले नेपालको अर्थतन्त्रको वास्तविक मेरुदण्ड साना तथा मझौला व्यवसायीहरू भए तापनि उनीहरू राज्य र नेतृत्वको प्राथमिकतामा पर्न नसकेकाले आफ्नो एजेण्डा त्यसलाई नै बनाएकी छिन् । धेरैजसो व्यवसायीहरू वित्तीय पहुँचको अभाव, बजार विस्तारमा कठिनाइ र झन्झटिलो नीति–नियमका कारण मर्कामा रहेकाले यस्ता भुइँ तहका व्यवसायीहरूको आवाजलाई महासंघको केन्द्रीय नीति निर्माण तहसम्म पु¥याउनु र उनीहरूका समस्याको व्यावहारिक समाधान खोज्नु महाराको मुख्य एजेन्डा रहेको छ । .उनले साना व्यवसायीहरूलाई सहुलियतपूर्ण ऋण, प्रविधिमा पहुँच र झन्झटमुक्त कर प्रणालीका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
महरा केवल एक व्यवसायी मात्र नभई महिला उद्यमशीलताको बलियो खम्बाका रूपमा चिनिन्छिन् । उनले महिलाहरूको हिम्मत, आत्मविश्वास र निरन्तर मेहनतले असम्भव जस्तो देखिने लक्ष्य पनि हासिल गर्न सकिने कुरामा जोड दिँदै आएकी छन् । “महिलाको आत्मबल र निरन्तर प्रयासले केवल व्यक्तिगत सफलतामात्र होइन, समग्र राष्ट्रको आर्थिक समृद्धिको ढोका खोल्न सक्ने ।“ उनको भनाई छ ।
उनले महिलाहरूलाई ’कोटा’ मा मात्र सीमित नराखी ’गुणस्तर’ र ’क्षमता’ का आधारमा नेतृत्वदायी भूमिकामा ल्याउनुपर्ने धारणा राखेकी छिन् । नयाँ आउने महिला उद्यमीहरूका लागि ’मेन्टरसिप’ र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने उनको योजना छ ।
सुष्मा महराले आफ्नो कार्ययोजना समेत सार्वजनिक गरेकी छन् । उनले अघि सारेका कार्ययोजना र प्राथमकितामा नीतिगत सुधारः साना र मझौला उद्योगलाई संरक्षण गर्ने गरी केन्द्रिय स्तरमा नीति निर्माणका लागि प्रभावकारी पैरवी गर्ने गरेको छ । त्यस्तै तालिम र क्षमता अभिवृद्धिः व्यवसायीहरूको दक्षता बढाउन आधुनिक प्रविधि, डिजिटल मार्केटिङ र व्यवस्थापन सम्बन्धी नियमित तालिम तथा अभिमुखीकरण कार्यक्रम पनि प्राथमिकतामा परेको छ ।
युवा र स्टार्टअपलाई प्रोत्साहनः नयाँ पुस्ताका उद्यमीहरूलाई प्रोत्साहित गर्न स्टार्टअप फन्डिङ र नेटवर्किङका अवसरहरू सिर्जना गर्ने ।
सम्बन्ध सेतुको भूमिकाः व्यवसायी र सरकारबीचको खाडल कम गर्न र व्यवसायीका समस्यालाई सम्बन्धित निकायसम्म पु¥याई दीर्घकालीन समाधान खोज्न ’ब्रिज’ को काम गर्ने योजना रहेको छ ।
महरालाई नजिकबाट चिन्ने व्यवसायीहरू उनलाई एक ’रिजल्ट ओरिएन्टेड’ (परिणाममुखी) नेतृत्वका रूपमा व्याख्या गर्छन् । उनी आफ्नो कुरा स्पष्टसँग राख्ने र अरूको समस्यालाई सहानुभूतिपूर्वक सुन्ने स्वभावकी छिन् । संस्थागत सुदृढीकरण र महासंघलाई अझ बढी उत्तरदायी बनाउन उनको उपस्थिति अपरिहार्य रहेको धेरैको बुझाइ छ ।
आफू उम्मेदवार भएसँगै महराले सम्पूर्ण व्यवसायी तथा मतदाताहरूसमक्ष हार्दिक अपिल गर्दै भनिन्, “म भाषणमा भन्दा काममा विश्वास गर्ने व्यक्ति हुँ । तपाईंहरूको एउटा अमूल्य मतले साना तथा मझौला व्यवसायीहरूको आवाजलाई महासंघको नेतृत्व तहमा बलियो बनाउनेछ । मलाई विश्वास छ, हामी मिलेर महासंघलाई एउटा नयाँ उचाइमा पु¥याउनेछौं ।”
सुष्मा महराको यो सशक्त उम्मेदवारीले महासंघको आगामी निर्वाचनमा नयाँ तरंग पैदा गरेको छ । उनी जस्तो भिजनरी र समर्पित महिला नेतृत्वले निजी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


Add Comment