काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालको पक्राउसँगै उनको विगतको एउटा टेलिभिजन अन्तर्वार्ता पुनः चर्चामा आएको छ। वर्तमान सरकार गठन हुनुअघि दिएको उक्त अन्तर्वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिंहदरबार खरानी बनाएको सन्देश जाने गरी अभिव्यक्ति दिएको विषयलाई लिएर अहिले उनको पक्राउलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट हेरिएको छ।
अर्याललाई पक्राउ गर्नुको आधिकारिक कारण भने मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरण हो। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले श्रम मन्त्रालयको तत्कालीन सचिवका रूपमा रहँदा श्रमिकबाट अतिरिक्त रकम असुल्ने तथा उक्त रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा उनको संलग्नता रहेको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ। यसअघि काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
तर, अर्यालको पक्राउलाई लिएर अर्को प्रश्न पनि उठेको छ। वर्तमान सरकार गठन हुनुअघि उनले एउटा टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई कतिपयले राजनीतिक रूपमा अर्थपूर्ण मानेका छन्। उक्त अभिव्यक्तिको आशय रास्वपामाथि सिंहदरबार जलाएको जिम्मेवारी वा त्यसको राजनीतिक सन्देश जाने गरी टिप्पणी गर्नु रहेको बताइन्छ।
त्यतिबेला उनी सरकारको उच्च प्रशासनिक जिम्मेवारीमा रहेका व्यक्ति थिए। प्रशासनिक नेतृत्वमा बसेको व्यक्तिले राजनीतिक दल र आन्दोलनका घटनाबारे सार्वजनिक रूपमा व्यक्त गरेको धारणा अहिले उनको पक्राउसँग जोडेर चर्चा हुन थालेको छ।


Add Comment