काठमाडौं । करीव दुई तिहाईको राश्वपाको सरकारलाई धेरै एनजिओको सरकारका रुपमा टिप्पणी गर्ने गरेका छन् । अनि अधिकांश मानिसहरु कतै त कतै जोडिएको प्रमाणहरु पनि छन् । हिजोसम्म बालेन रविलाई सत्तो सराप गर्ने डा नारायणदत्त कँडेललाई महान्यायाधीवक्तामा सरकारले नियुक्ति गरेको छ ।
यी सवै कामहरुलाई हेर्ने हो भने जान्नेलाई छान्ने भन्ने नारालाई जान्नेले छान्ने भनिदिए हुने पुगेको छ । किनकी सरकार एनजिओले निर्माण भएको आरोप लागिरहेको छ । अनि न्यायालयमा हुने नियुक्ति हिजो भागबण्डामा हुने गर्दथ्यो । त्यसलाई चिर्नु वर्तमान सरकारको दायित्व पनि हो ।
तर वर्तमान सरकारले न्यसलाई चिर्न सक्ला नसक्ला तर एनजिओ सञ्चालन गर्दै संविधानसभाका एमाले सांसद हुँदै एमालेकै नेतृत्वको चाहना अनुरुप न्यायाधीश बन्न सफल महिला अधिकारकर्मी सपना मल्ल प्रधानलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको छ ।
मल्लले नवनियुक्त विवादित छवि बनाएका महान्यायाधिवक्ता कंडेलसँग शपथ ग्रहण गरेपछि थप अरु केही भन्नै नपर्ला । एनजिओ सञ्चालन देखि संविधान सभासद् हुँदै कामु प्रधानन्यायाधीश बन्नु पनि चानचुने कुरा भने होइन ।
एनजिओ सञ्चालक, एमाले सभासद् हुँदै कामु प्रधानन्यायाधीको जिम्मेवारी

Add Comment