एकीकृत समाजवादीको अध्यक्षमा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत चयन गरेको छ । पार्टी अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका हुन् । आज बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गर्ने सहमति गरेको थियो ।

उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए । महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो ।

महाधिवेशन गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा सुरू भएकाे थियाे । झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।