विद्यार्थीको पोशाकमा घुस खानेलाई भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाषकुमार झासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादव, झाका साथै जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव र होजियारी उद्योग, जनकपुरधाम(२ का प्रोप्राइटर रामसुन्दर साह तेलीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आर्थिक वर्ष २०७९र०८० मा उक्त नगरपालिकाको वडा नम्बर ९ मा सञ्चालित विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी दिएको भन्दै मुद्दा दायर गरिएको हो ।​​

विद्यालयमा पोशाक खरिद गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तीमा ३ वटा आपूर्तिकर्तासँग लिखित रुपमा दरभाउ पत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनु पर्नेमा सो नगरेको अभियोगपत्रमा उल्लेख छ ।

खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकनसमेत नगराइ कार्यालयको टिप्पणी आदेशमार्फत मूल्यांकन गरी पेन्ट, स्कर्ट, सर्ट, जुत्ता, टाई, बेल्ट र मोजासमेत गरी ७ प्रकारका पोशाक सामग्री एकमुस्ट रुपमा २९५ सेट बापत ९ लाख ९६ हजार ६६० रुपैयाँ भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।