काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी खडैचा बाँकेका इन्चार्ज गजेन्द्र सिंह भण्डारीले आठ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा दायर गरेको मुद्दा भण्डारीको पक्षमा आएपछि पुन सर्वोच्च अदालत पुगेको छ ।
अवौं रुपैयाँ भ्रष्टाचार गर्नेलाई चाँजो पाँजो मिलाएर मुद्दा थन्क्याउने वा नहर्ने गरेको कयौं उदाहरण भएपनि ८ हजार भ्रष्टाचार गरेको आरोप लागेका भण्डारीका विरुद्ध भने सर्वोच्च अदालतसम्म पुगेको छ । विशेष अदालतले आरोपित भण्डारीले रिसवत लिएको नदेखिएको भन्दै सफाई दिएको थियो ।
तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ बोरा युरिया बल नियन्त्रयामा लिई छोडी दिने प्रयोजनमा भण्डारीले ८ हजार लिएको भन्दै विशेष अदालतको फैसलालाई स्वीकार नगरी सर्वोच्च पुगेको छ ।
आयोगले प्रहरी चौकी परिसरमा मल र सवारी साधन छुटाउन चौकी ईन्चार्ज रहेका गजेन्द्र सिंह भण्डारीलाई घुस दिएको हो भन्ने समेत व्यहोराको अनुसन्धानको क्रममा बयान गरेको र मौकाको बयान समर्थित बकपत्र गरेको भन्दै विशेष अदालतले भण्डारीलाई सफाइ दिएकोमा चित्त नबुझेपछि सर्वोच्च पुगेको हो ।
Add Comment