काठमाडौं । काठमाडौं उपत्यकाको प्राचीन शहर मानिएको साँखुलाई थप परिचित गराउन शंकरापुर ‘सँक्व’ महोत्सव हुने भएको छ । शंकरापुर नगरपालिकाको आयोजना यही माघ १६ देखि १९ गतेसम्म ४ दिन महोत्सव हुन लागेको हो ।
आठ वटा ढोकाको शहर, ९ वटा पूर्व फर्केको धाराको शहर, घर घरमा कुलो पुग्ने शहर, ८ वटा टोलको शहर अनि जात्रै जत्राको शहर जस्ता बिबिधताले भरिपूर्ण शंकरापुरको परिचय फर्काउँदै विश्वमा परिचित गराउन पनि नगरपालिकाले महोत्सवको आयोजना गर्न लागेको हो ।
शंकरापुर नगरपालिकामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख एवं शंकरापुर ‘सँक्व’ महोत्सव मूल समारोह समितिका अध्यक्ष एवं नगर प्रमुख रमेश नापितले ३ हजार ३ सय २५ बर्ष पुरानो शहर साँखुको अस्तित्व हराउँदै गएकोले त्यसलाई चिनाउन महोत्सव आयोजना गर्न लागिएको बताए ।
महोत्सवको मुख्य उदेश्य नै साँखुको परिचय जिवन्त राख्दै पर्यटन प्रबर्धन गर्नु रहेको नगर प्रमुख नापितले बताए । महोत्सवमा सांस्कृतिक झाँकी, लोक दोहोरी, लाइभ कन्सर्ट, कविता प्रतियोगिता, सामुहिक छलफल, लगायतका कार्यक्रम रहेको पनि प्रमुख नापितले जानकारी दिए ।
हरेक बर्ष सालिनदी मेलामा ३० देखि ४० लाख दर्शनार्थीले भ्रमण गर्ने तर साँखुलाई नचिन्ने धेरै भएकोले यहि मेलाको अबसर पारेर महोत्सव आयोजना गरेको पनि नगर प्रमुख नापितको भनाइ थियो ।
।संयोजक श्रेष्ठका अनुसार महोत्सवमा सांस्कृतिक झाँकी, परम्परागत जीवनशैली, ऐतिहासिक सम्पदाहरुको जानकारी, रैथान उत्पादनको प्रदर्शनी एवं बिक्री, ऐतिहासिक,धार्मिक स्थलहरुको जानकारी, स्थानीय जात्रा, पर्वहरु जानकारी, स्थानिय खाजा तथा परिकारहरुको प्रदर्शनी एवं बिक्री, नेवा भ्वयू, परम्परागत नाच, गीत, भजन, विधार्थीहरुको प्रदर्शनी, हस्तकला काष्ठकला, , प्रस्तरकला, चित्रकला, तथा फोटो प्रदर्शनी लगायतले साँखुलाई चिनाउने विश्वास गरिएको छ ।


Add Comment