काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारीबारे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा कपिलदेव ओली र जीवनप्रकाश सिटौलासहितको समिति गठन गर्ने निर्णय गरेको हो ।
बीमा ऐन, २०७९ को दफा १२(३) अनुसार छानबिन समिति गठन भएको अवस्थामा सम्बन्धित पदाधिकारी स्वतः निलम्बनमा पर्ने व्यवस्था रहेको छ । सोही अनुसार ओझा पदमुक्त भएका हुन् ।
सरकारले बीमा ऐनको दफा १२(१)(ग) अनुसार खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पूरा नगरेको आधारमा उनलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।
ओझाविरुद्ध फर्जी कागजात पेस गरी नियुक्ति लिएको आरोपमा सर्वोच्च अदालतमा पनि रिट परेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । सरकारले गत फागुन १२ गते ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो ।
सरकारले बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिएको छ।ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्।


Add Comment