काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र नेताहरूलाई गरिएको अनुशासनको कारबाही विधानसम्मत नभएको बताएका छन्।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यो कारबाही पार्टीको परम्परा, कानून र विधानअनुसार पनि गलत भएको बताए । “यो कोतपर्व जस्तै अनुशासन पर्व चलाइनु न समयअनुकूल हो, न नै पार्टीको संस्कृति अनुरूप,” उनले भने, “यसले पार्टीलाई थप कमजोर बनाउनेछ ।”
थापाले सभापति शेरबहादुर देउवासँग छलफल गरेर पार्टीलाई वृहत एकतामा ल्याउने प्रयास गरिरहेको बताए । “हामी अहिले चौतर्फी घेराबन्दीमा छौं, यस्तो बेलामा पार्टीभित्र सहमति र एकता आवश्यक छ,” उनले जोड दिए ।
महामन्त्री थापाले अनुशासनहीनतामाथि कारबाही गर्नुपर्ने आवश्यकता स्विकारे पनि पार्टीले जुन तरिकाले निर्णयहरू गरिरहेको छ, त्यसले भित्री प्रयासलाई कमजोर बनाउने टिप्पणी गरे । उनले कांग्रेसको संगठनलाई चलायमान बनाउन र पुनर्गठनमा ध्यान केन्द्रित गर्न जरुरी रहेको समेत औंल्याए ।


Add Comment