काठमाडौं । झट्ट सुन्दा पत्यार नलाग्न पनि सक्छ । तर नेपाल सरकारमा जागिर आएर अवकाश हुनै लागेको सहसचिव जस्तो गरिमामय पदमा बसेका व्यक्तिले भनेको कुरा नपत्याउने हो भने अन्याय हुन्छ । अवकाश हुन छ महिना पनि वाँकी नरहँदै सरुवा भएका बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले नेपालमा प्रधानमन्त्री समेत विचौलियाले फेर्ने खुलासा गरेका छन् । एक राष्ट्रिय दैनिकमा अन्तर्वाता दिँदै उनले सो खुलासा गरेका हुन् ।
निजामती सेवामा कार्यरत कर्मचारीलाई एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने अवधि दुई बर्ष तोकिएको छ । त्यस्तै अवकाश प्राप्त हुने थोरै समय भएकालाई पनि सरुवा नगर्ने नीति विपरित दाहालको सरुवा भए पछि दाहालले रुष्ट हुँदै सरकारले नै ल्याएको नीति नियम विपरित नेतृत्वको स्वार्थमा काम नगर्ने कर्मचारीहरुलाई जुन सुकै बेला पनि सरुवा गरिने प्रचलन बढेको बताएका हुन् ।
विचौलियाले देशको प्रधानमन्त्री नै फेर्छन् महानिर्देशक( सहसचिव) वा सचिव फेर्ने कुरा नयाँ हुँदै भएन । विशेष गरी आफूलाई ठूला करदाताका रुपमा प्रस्तुत गर्नेहरु जो अहिले ह्वाईट कलरमा व्यापार गरिरहेका उनीहरु नै निजामती कर्मचारी देखि मन्त्री प्रधानमन्त्रीसम्म फेर्ने विचौलिया भएको आरोप दाहालको छ ।


Add Comment