ओलीको रीसमा विद्याको देश दौडाहा, दलभित्र विकृति र विसंगतिको आरोप, भण्डारीको पछि पछि नेपाली सेना

काठमाडौं । ओलीको रीसमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मदन भण्डारी फाउण्डेन मार्फत देश दौडाहामा निस्किएकी छिन् । राष्ट्रपति भण्डारीले पूर्व राष्ट्रपतिलाई रज्यले दिने सेवा सुविधा त्यागेर पुन ः पार्टीमा सक्रिय राजनीति गर्छु भनेपछि भण्डारीलाई एमालेको पार्टी सदस्यता नविकरण विवादमा छ । उनलाई कुनै हालतमा पनि पार्टी भित्र नल्याउने गरी अध्यक्ष केपी शर्मा ओली लागिरहेको संकेत देखिन्छ । तर केही एमालेका नेताहरु भने ओलीको अभिव्यक्ति र विद्याको देश दौडाहालाई ‘ म कुटे जस्तो गर्छ, तँ रोए जस्तै गर’ भनेको हो कि भन्ने आशंका व्यक्त गरिरहेका छन् ।

अहिले विद्यादेवी भण्डारीको सक्रियताले एमालेमा चिन्ता बढाएको त । यसले कतै एमाले पुन विभाजित हुने हो कि भन्नेमा पनि देखिन्छ । त्यही भएर होला विहिबार एक कार्यक्रमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति र विसंगति फस्टाएको आरोप पनि लगाएकी छिन् । हिजोसम्म दलभित्रको विकृतिलाई मौन समर्थन गरेकी भण्डारीले रवि लामिछानेको थुनछेक प्रकरण गैरकानूनी भएको संकेतको अभिव्यक्ति दिनु र दलभित्रका विकृति फस्टाएको भन्नुले एमालेभित्र के खिचडी पाक्दै छ भन्न थालिएको छ ।

उनले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको र सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको भन्दै राजनीतिक दल अहिलेको प्रणाली अनुसार अघि बढ्न नसकेको समेत खुलासा गरिन् ।

संसद अहिले निरीह थलो भएको बताउँदै उनले कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको धारणा समेत राखिन् । ठूला दलहरु आफैंले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेता पनि संविधानमा के अभाव रह्यो र के आवश्यकता छ भनेर छलफल समेत गर्न नसकेको उनको आरोप छ ।

भण्डारीको पछि पछि नेपाली सेना
भण्डारीले आफू सक्रिय राजनीतिमा लाग्ने र पूर्व राष्ट्रपतिका रुपमा सरकारले दिने सेवा सुविधा त्यागेको बताइएको भएपनि भण्डारीको सुरक्षामा भने अझै पनि नेपाली सेना रहेको देखिन्छ । भण्डारीलाई सरकारले अझै पनि नेपाली सेना पिएसओको रुपमा दिएको छ र भण्डारीले पनि पिएसओ लिएर हिडेकी छिन् ।

राष्ट्रपति भईसकेको व्यक्ति पुन राजनीतिमा फर्किएपछि उनलाई पूर्व राष्ट्रपतिको हैसियतमा अझै पनि सेवा सुविधा दिनु जनताल तिरेको करको दुरुपयोग होइन र ? भण्डारीले पनि आफूलाई दिएको सुविधा तथा सुरक्षा फिर्ता किन नगरेको होला ? नैतिक प्रश्न उठ्दैन र ?