काठमाडौं । सोमबार जेनजी आन्दोलनका क्रममा १९ जना युवाको मृत्यु भएसँगै शान्तिपुर्ण आन्दोलन भड्किएको छ । सरकारले जेनजी आन्दोलनमा गरेको नरसंहारका विरुद्ध दोश्रो दिन पनि नेपाली जनता नै आन्दोलनमा उत्रिएका छन् । सरकारले काठमाडौंमा विहान ८ः३० बाट लगाएको कर्फ्यू पूर्ण रुपमा नागरिकहरुले तोडेका छन् ।
जनताहरुले चोक चोकमा सरकार विरोधी नारा लगाएका मात्र छैनन, टायर बालेन भ्रष्टाचार विरोधीहरु विरुद्ध चर्को नारा नै लगाएका छन् । यही आन्दोदलनका कारण अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । आन्दोलनकारीहरु विमानस्थल पुग्न सक्ने आंकलन गरिएको छ । त्यसैले विमानस्थल वन्द गरिएको आशंका गरिएको छ । अहिले विमानस्थल नेपाली सेनाले सुरक्षित बनाएको छ ।
जेनजी आन्दोलन चर्कदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेनाको कब्जामा

Add Comment