काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रबृत्ति एवं अकर्मण्यताका कारण मुलुक बंगलादेशको हातमा पुगेको छ । सोमबार जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराउने र प्रहरी दमन गराइएको थियो । पहिलो दिन प्रहरीको दमनका कारण १९ जना युवाहरुले ज्यान गुमाउनु परेको थियो । सरकारले प्रर्दशन शुरु भएको २ घण्टामा नै कर्फ्यु लगाएको थियो । युवाहरुको प्रर्दशनमा हुन सक्ने सम्भावित घुसपैठलाई अनुसन्धान गर्नु पर्ने ठाउँमा सरकारकै मानिसहरु घुसपैठ गराइएको आरोप लागेको छ ।
१९ जना युवाको निधन भएसँगै अझ आन्दोलन अझै भड्किएको छ । सोमबारको घटना पछि सरकारले मन्त्रीपरिषद्को वैठक राखेको थियो । वैठकमा गृहमन्त्रीलाई राजीनामा दिन लगाइयो । आन्दोलन त्यसै नटुङ्गिने देखिएपछि मंगलबार विहानैबाट कर्फ्युको आदेश दियो । तर जनताले झुकेनन् । मर्न तयार भएका नागरिकहरु सडकमा उत्रिए अनि शुरु गरे भ्रष्ट सरकारको विरोधमा ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्व प्रधानमन्त्री ओली, देउवा, दाहालहरु समेत अन्य शीर्षस्थ नेताहरुको घरमा आगजनी भएको छ । हिजो सरकारले युवा पुस्तामाथि गरेको ज्यादती र नरसंहारका कारण आज प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अवस्था आएको छ । ओलीको अर्कमण्र्यताका कारण नै आज मुलुक अर्वाैको धनजनको क्षति मात्र भएको छैन मुलुक बंगलादेशको अवस्थामा पुगेको छ ।
प्रधानमन्त्रीको अकर्मण्यताका कारण मुलुक बंगलादेश कै हालतमा

Add Comment