जेनजी आन्दोलन उग्रहुँदै मुख्यमन्त्री कार्यालयमा छिरे प्रर्दशनकारी

काठमाडौं । सोमबारबाट शुरु भएको जेनजी अभियानले आन्दोलनको रुप लिएर उग्रवन्दै अघि बढेको छ । काठमाडौं लगायत देशैभर सरकारले कर्फ्यु जारी गरेको छ । तर आन्दोलनकारी युवा पुस्ता मात्र नभएर अन्य नागरिकहरु पनि सडकमा उत्रिएका छन् । काठमाडौंमा सञ्चार मन्त्री र पूर्व प्रधानमन्त्री प्रचण्डको घरमा ढुङ्गामुढा गरेसँगै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू छिरेका छन् ।
प्रहरीले प्रर्दशनकारीहरुलाई तोडफोड गर्नबाट रोकेको भएपनि सातै प्रदेशमा भएको यो आन्दोलनले उग्र रुप लिन थालेको संकेत देखिन्छ ।

अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् ।