काठमाडौं । जेनजी प्रर्दशनीमा सोमबार भएको घटनासँगै मंगलबार दिनभर नै सरकारी निकायहरुमा भएको आगजनीले अधिकांश सरचनाहरु नष्ट भएका छन् । मंगलबार साँझ पनि कतिपय स्थानहरुमा आगजनी र लुटपाटका घटना बढेको भन्दै नेपाली सेनाले त्यस्ता कार्य रोक्न आग्रह गरेको छ ।
नेपाली सेनाले जारी गरेको सूचनालाई वेवास्ता गरी त्यस्ता कार्य नरोकिए मंगलबार रातीबाट नेपाली सेना सहित सवै सुरक्षा संयन्त्र परिचालित हुने सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ , ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम भईरहेको र त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ ।
‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।


Add Comment