मन्त्रालयलाई महंगा सवारी किन्न रोक लगाउनु पर्छ

काठमाडौँ । यतिखेर जेनजी आन्दोलनका कारण सिंहदरबार भित्र रहेका सरकारी सवारी साधन पूर्ण रुपमा जलेर नष्ट भएको छ । जेनजी आन्दोलनका क्रममा सरकारका तर्फबाट भएको दमनका कारण आन्दोलनले उग्र रुपमा लिएपछि संसद, सिंदहरबार, राष्ट्रपति तथा प्रधानमन्त्री निवास समेत जलाइएको थियो । त्यत्तिमात्र होइन भवन परिसरमा रहेका सवारी पूर्ण रुपमा नष्ट गरियो । सरकारी निकायमा खरिद गरिएका महंगा सवारी साधन आगोले खरानी बनाईदियो ।

हरेक बर्ष विभिन्न मन्त्रालयले महंगो सवारी साधन खरिद गर्ने गरेको हरेक बर्षको बजेट किताव हेर्ने हो भने पनि प्रष्ट हु्न्छ । आर्थिक अनियमिता र स्वार्थ मिल्ने गरि खरिद गरिएका त्यस्ता सरकारी सवारी साधन जुन कार्यालयमा थियो ती खरानी भए । सरकारी कर्मचारीले घरमै राखेका सवारी भने सुरक्षित भए । अधिकांश मन्त्रालयका सचिवहरुले प्रयोग गर्ने सवारी निजी निवासमा नै राखिने भएकाले महंगो केही सवारी जोगिन सफल भएको देखिन्छ ।

अहिले जेनजी आन्दोलनले सिंहदरबार परिसरमा रहेका सवारी पूर्ण रुपमा क्षति भएको छ । अव सरकारले सवारी खरिद गर्दा महंगो सवारी खरिद गर्ने कार्यलाई रोक्नु पर्दछ । सचिव र सहसचिवहरुले मात्र सरकारी सवारी साधन सुविधा पाउने नियम भएपनि अहिले शक्तिका आडमा शाखा अधिकृतसम्मले पनि सरकारी सवारी साधन प्रयोग गरेका े देखिन्छ ।

अहिले मुलुकको अर्थतन्त्र निकै समस्यामा परेका कारण वर्तमान अन्तरिम सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा नयाँ सवारी खरिद गर्ने कार्यलाई रोक्ने र कुनै पनि सरकारी सवारी साधन खरिद गर्दा महंगो सवारी खरिद नगरी सस्तो र विद्युतीय सवारी साधन प्रयोग गर्न सरकारले उत्प्रेरित गर्नु अहिलेका आवश्यकता पनि हो । त्यसैले कुनै पनि सरकारी निकायले खरिद गर्ने सरकारी सवारी महंगो खरिद गर्न रोकिनु पर्छ ।