प्रचण्डको नेतृत्वमा १० बाम, पटक पटक हुन्छन् बामपन्थी वदनाम

काठमाडौं । बामपन्थी पार्टीहरु मौका मिल्दा जुट्ने अनि फुट्ने परिपार्टी अहिले होइन तीन दशक नै हुन लागिसक्यो । २०५२ सालतिरका जनमोर्चाहरुको खण्डिकरण, नेकपा एमाले विभाजन भएर माले भएदेखि एमाले माओवादी एकीकरण भएर नेकपा र फुटेर दुईटुक्राले नी बामपन्थीहरु आफ्ै बदनाम हुँदै गईरहेका छन् । अहिले फेरि माओवादी केन्द्रका संयोजक प्रचण्डको नेतृत्वमा विभिन्न १० वामपन्थी एकैठाममा भएका छन् । अर्थात ती दल र समूह मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ को घोषणा भएको छ । पार्टी एकीकरण घोषणा गर्दै एकीकृत पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरिएको छ ।
राजनीतिक दलहरु मिलेर एकीकरण भई साँच्चै नै मुलुकको विकास लागि हिँडेत हुने हो तर सत्ता र शक्तिको मादमा बामपन्थी अगाडिब बढ्न थालेपछि पछिल्लो समय बामपन्थी हामपन्थी र कम्युनिष्ट कमाउनिष्टमा परिवर्तन भईसकेकाले जनताले ठ्याक्कै विश्वास भने गरिहाल्दैनन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा एकता राष्ट्रिय भेला एवं पार्टी एकता घोषणासभामा अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवको प्रस्तावमा नवगठित पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाललाई सर्वसम्मतले चयन गरेको थियो । यसले बामपन्थीलाई एकै ठाउँमा उभ्याए जस्तो गरेको छ ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, राजु कार्की नेतृत्वको नेकपा ९समाजवादी०, चिरन पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा ९माओवादी समाजवादी०, प्रेमबहादुर सिंह नेतृत्वको नेकपा ९समाजवादी० सहित १० पार्टी–समूहका बीचमा पार्टी एकीकरणको घोषणा भएको हो । एकीकृत पार्टीको चुनाव चिन्ह पाँच कुना भएको तारा छ ।