काठमाडौँ । मातातीर्थ औशी अर्थात आमाको मुख हर्ने दिनका अवसरमा प्रधानमन्त्री वालेन्द्र साहले सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन् । प्रधानमन्त्री साहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दैआमाहरूप्रति सम्मान प्रकट गर्नुका साथै देशलाई आमाको प्रतीकका रूपमा लिँदै नेपालको उज्ज्वल भविष्यको कामना समेत गरेका छन् ।
माताको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र भएको बताउँदै प्रधानमन्त्री साहले आमाहरूलाई माया र त्यागको अनुपम उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जालमा मात्र आफ्ना अभिव्यक्ति दिने गरेका प्रधानमन्त्री शाहले सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गर्दै जीवनका पहिलो गुरुका रूपमा आमाको भूमिकाको उच्च प्रशंसा समेत गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत आमाहरुप्रति कृतज्ञता व्यक्त गदै प्रधानमन्त्री

Add Comment