धेरै कमजोर कुलमान रास्वपामा उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने

काठमाडौं । रास्वपामा उपसभापति सहित दोश्रो वरियताको नेता बन्नका लागि अन्तिम समयमा सहमत बनेका उर्जा मन्त्री कुलमान घिसिङ निकै नै कमजोर पात्रका रुपमा देखिएका छन् । उज्याले नेपाल पार्टीको संरक्षक समेत रहेका घिसिङ जेनजी विद्रोहका कारण मन्त्री बन्न सफल भएका व्यक्ति हुन् । कहिले माओवादीको टयाग भिर्ने कहिले कसको ट्याग भिर्दे आएका उनी अहिले राश्वपाको दोश्रो नेता बन्न पाएकैमा खुशी छन् ।
वास्तवामा भन्ने हो भने कुलमान घिसिङ प्राविधिक कर्मचारी भन्दा बाहिर अरु केही होइनन् । अर्थात उनी नेतृत्व लिन सक्ने खुवी भएका व्यक्ति होइनन भन्ने कुराको पुष्टि उनले सुदन गुरुङको गाडीमा चढेर रास्वपाको उपसभापति स्वीकार्नुले नै पुष्टि गर्दछ ।
निकै तामझाम सहित उज्यालो नेपाल पार्टी खुलेको महिना दिन पनि नवित्दै अर्काले बनाएको पार्टीमा दोश्रो वरियतामा गएर आफूले जन्माएको पार्टीलाई पाखा लगाउने स्वार्थी कुलमान हुन् भन्ने स्पष्ट देखिन्छ । यस्ताबाट मुलुक र जनताको स्वार्थका लागि काम हुन्छ भन्ने यदि सोच्यो भने त्यो निकै नै ठूलो गल्ती हुने छ ।