पूर्व उर्जामन्त्री दिपक खड्का पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बनेको २४ घण्टा भित्र पूर्व नेताहरु धमाधम पक्राउ पर्न थालेका छन् । जेनजी विद्रोह दवाउने भूमिका खेलेको भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको अर्को २४ घण्टा वित्न नपाउँदै कांग्रेस नेता एवं पूर्व उर्जा मन्त्री दिपक खड्का पनि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ओली सरकारमा उर्जामन्त्री रहेका दिपक खड्कालाई पक्राउ गरेको छ ।

लैनचौरस्थित नेपाल स्काउटको जग्गा लिजको आर्थिक हिनामिनामा निजमाथि छानबिन चलिरहेको थियो । जेनजी आन्दोलन क्रममा बूढानीलकण्ठस्थित उनको समेत निजी निवास आगजनी गरी नोट फेला परेको भन्दै हावामा उडाएर केही भिडियो ट्रोल गराइएको थियो ।