काठमाडौं । शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालत लगिँदै छ । दुवै नेतालाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।
गत भदौमा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर्याएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
शनिबार बिहानै प्रहरीले जरुरी पक्राउ पुर्जी देखाएपछि ओलीलाई उनकै गाडीमा प्रहरीले प्रहरी परिसर पु¥याएको थियो । ओली पक्राउ परे लगतै मुटुको चाल बढेपछि उनललाई अस्पताल भर्ना गरिएको थियो । उनले आफूलाई पक्राउ गर्नु राज्यको प्रतिशोध भएको टिप्पणी गरेका छन् । अ


Add Comment