काठमाडौं । विगतमा दुई पटक सरकारी कार्यालय विहान ९ बजेदेखि ५ बजेसम्म खुल्ला गर्ने र शनिबार आईतबार सार्वजनिक विदान दिने सरकारी निर्णय आजैबाट लागू भएको छ । बालेनन्द्र शाह नेतृत्वको सरकारले चैत २३ गतेदेखि लागू हुने गरी सो व्यवस्था २२ गते बसेको मन्त्रीपरिषद्ले गरेको थियो ।
यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडो मौसमका समय कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
मध्यपूर्वी युद्धका कारण इन्धनको संकटको कारण देखाउँदै सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ ।
सरकारी कार्यालय बिहान ९ देखि स्झ ५ बजे सञ्चालन गर्ने यो पहिलो निर्णय भने होइन । यसअघि १ जेठ, २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खुल्ने अभ्यास गराएको थियो ।
दुइपटक असफल भएको दुई दिने सरकारी कार्यालय विदा आजैबाट लागू

Add Comment