काठमाडौं । आगामी जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षा काेराेनाका कारण दाेस्राे वर्ष पनि नहुने भएको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले दुई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै गएपछि देशभर जारी निषेधाज्ञाको कारण परीक्षा स्थगित गरिएको हो। ‘बिहान बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। केही समयमा सुचना जारी गर्छौं,’ राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने।जेठ १३ गते एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन हुने सुचना प्रकाशित भइसकेको छ। गतवर्ष पनि कोरोनाको संक्रमणका कारण एसईई परीक्षा हुन सकेन।
एसईई र बाह्र कक्षाको परीक्षा नहुने
May 10, 2021
