काठमाडौँ । कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका १ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताएका छन् ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् उपस्थित भएपछि घटनाबारे थाहा पाएको डीएसपी जोशीले बताएका छन् । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली पठाइएको छ ।
विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको प्रहरीको प्रराम्भीक अनुसन्धाबाट खुलेको छ । घटनाबारे थप विवरणका लागी अनुसन्धान भइएरहेको छ ।
Add Comment