काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
वैशाख १ गते प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागअन्तर्गतका सबै भूमि सुधार मालपोत कार्यालय र नापी कार्यालयले जग्गा प्रशासनका क्षेत्रमा अहिलेसम्म भए गरेका पछिल्ला सुधारका बारे सूचना तथा जानकारी उपलब्ध गराउने भएको छ ।
पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशका १२६ कार्यालयबाट सेवा प्रवाह भइरहेको जानकारी दिँदै ती कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई सरल, सहज, पारदर्शी बनाउने प्रयास भइरहेको बताएका छन् । उनले भूमि व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाउन कृषि योग्य जमिनको खण्डीकरण नियन्त्रण एवं भूउपयोग नीति तथा ऐनको कार्यान्वयनका लागि आवश्यक योजना र कार्यक्रम तय गरिएको बताए । मन्त्री श्रेष्ठले सिन्धुलीको दुधौलीस्थित मुसहर बस्तीमा१०६ भूमिहीन दलित परिवारलाई जग्गा वितरण गरिएको जानकारी पनि दिइएका छन् ।
Add Comment