काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले आफ्नो कार्यकालमा गरेका कामहरुको विवरण सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा दोलखा जिल्लाको शैलुङमा गाउँपालिकामा पनि ६० करोडकोको लागतमा सडक निर्माण कार्य सम्पन्न भईसकेको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिएका छन् ।
दुलालका अनुसार मुडेदेखि ढुङ्गेसम्म ५० करोडको लागतमा सडकको निमार्ण कार्य भईरहेको छ । शैलुङ गाउँपालिकामा चक्रपथ लगायत अन्य महत्त्वपूर्ण १५० किलोमिटर सडकको डिपिआर सहित कच्ची ट्रयाक खुलेको र गाउँपालिका कालापानी ८ मा करिब २० करोडको लागातमा अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम केन्द्र तथा अनुसन्धान केन्द्रको शिलान्यास गरिएको छ ।
गाउँपालिकामा ५ वटा मोटरेवल पुलको निर्माण र संगै १ दर्जन झोलुङ्गे र ट्रष्ट पुल साथै थुप्रै साना फड्ने साघु पनि निर्माण कार्य भएको छ दुलालले जानकारी दिए उनका अनुसार गाउँपालिकामा स्थानीय जनताको सुरक्षका ालगि दुई वटा प्रहरी चौकीको पक्की भवन निर्माण भएको छ ।
१७ वटा खानेपानी आयोजनाको डिपिआर सहित १५ वटा खानेपानी आयोजनाहरु निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष दुलाले बताएका छन् । १ हजार घरमा १ घर १ धारा निर्माण कार्य सम्पन्न र १२ सय खानेपानीका ट्यांकी वितरण गरिएको र १ लाख मिटर भन्दा बढी पाइप अस्थायी रुपमा खानेपानी व्यवस्थापनका लागि वितरण गरिएको दुलाले बताएका छन् ।
गाउँपालिकामा दोलखा जिल्लाकै ठुलो खेलमैदान सहित १७ वटा खेलमैदानहरु निर्माण गरिएको, बृद्धाआश्रम निर्माण, सामाजिक सुरक्षा र समावेशीकरणका क्षेत्रमा पनि लगानी गरिएको छ । ३३ वटा विद्यालय भवन, ३ वटा प्राविधिक विद्यालय स्थापना, १ वटा नमुना माध्यमिक विद्यालय, शिक्षा तथा स्वास्थ्य क्षेत्र व्यवस्थापन कार्यालय, १२ वटा स्वास्थ्य संस्थाहरु, ८ वटा वडा कार्यालयहरु सहित गाउँ गाउँमा अप्टिकल फाइबर सहितको इन्टरनेट सेवा, १० गाउँपालिका र ५ वटा वडा कार्यालय भवन निर्माण, सीप विकास तालिम कृषि, पशुपंक्षी र साना घरेलु उद्योग स्थापना भएको दुलालले जानकारी दिए ।
Add Comment