काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा २ मा चुनावी कार्यक्रममा व्यस्त छन्। २०६४ सालमा यसै निर्वाचन क्षेत्र र २०७० मा गोरखा १ बाट उनी निर्वाचित भएका थिए। २०७४ को चुनावमा पुनः २ बाटै चुनिएका उनी अहिले आफ्नो क्षेत्र माओवादी अध्यक्ष प्रचण्डलाई सुम्पेर ‘साइड लागेका’ छन्। आफूले थालेको गोरखाको विकास र समृद्धिको यात्रालाई अझै सुदृढ गर्दै लैजान प्रचण्ड सारथि पाएकोमा खुसी देखिन्छन्। प्रचारका क्रममा गोरखामा रहेका डा. भट्टराईसँग अन्नपूर्ण पोस्ट्का शिव उप्रेतीले गरेको कुराकानी :
यति धेरै निर्वाचन प्रचार–प्रसारमा खटिनु भएको छ। तर, आफूले तीन पटकसम्म जित हात पारेको जिल्लामा चुनाव लड्न अरूका लागि छाडिदिनुभयो। मनमा शान्ति छ ?
आफ्नो र अरूका लागि भन्नुभन्दा पनि म त समाजका लागि काम गर्ने मान्छे हुँ। तीन पटकसम्म गोरखाली जनताले देश र जनतालाई सेवा गर्ने अवसर दिए, त्यसप्रति आभार व्यक्त गर्दछु। अब मेरो चासो र चिन्ता भनेको मेरा पालामा गोरखाको अल्पकालीन, दीर्घकालीन विकासका लागि पूर्वाधारहरूको जुन जग बसेका छन्, त्यसमा भित्ता, पर्खालहरू लगाएर छानो लगाउने काम बाँकी नै छ। त्यसलाई सम्पन्न गर्न योग्य उत्तराधिकारी हुँदा राम्रो हुन्छ।
त्यस अर्थमा प्रचण्डजस्तो पूर्वप्रधानमन्त्री र भोलिको सत्ताको नेतृत्व गर्न सक्ने सम्भावना बोकेको व्यक्ति हुँदा मैले गरेको कामको जगमा टेकेर गोरखा समुन्नत बन्छ भन्ने मेरो सपना हो। यस अर्थमा म खुसी छु। यसमा सहृदयपूर्वक प्रस्ताव गरेको मैले नै हो। यसमा म खुसी छु।
तपाईंले पटक–पटक चुनावी सभाहरूमा अबको प्रधानमन्त्री प्रचण्ड हो भनेर सार्वजनिक घोषणा गरिरहनु भएको छ। तर, उहाँ त्यो भन्नुहुन्न। दुईका कुरामा तादात्म्य भएन नि ?
मैले उहाँ नै प्रधानमन्त्री हो भनेर सुनिश्चितता गरेको होइन। भावी प्रधानमन्त्रीको सम्भावनाको अर्थमा भनेको हुँ। प्रधानमन्त्री हुनुहोस् भन्ने मेरो शुभकामना हो। प्रधानमन्त्री नै नभए पनि उहाँ एक राष्ट्रिय व्यक्तित्व हो। गठबन्धनको नेता हो। प्रधानमन्त्री नै नभए पनि उहाँ कुनै न कुनै प्रकारले गोरखाको विकास जसको जग मेरो पालामा बनेको छ, त्यसलाई अगाडि बढाउनलाई मद्दत पुग्छ भन्ने मेरो भनाइ हो। सँगसँगै प्रदेशमा जुन उम्मेदवार हुनुहुन्छ, (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे र ९क० मा फणिन्द्रप्रसाद देवकोटा उहाँहरूको टिमले गोरखाको विकासमा होस्टेमा हैंसे गर्नुहुनेछ।
तपाईंले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न नेपालमा ६र७ वर्ष अभ्यास गर्नुभयो। अहिले फेरि तपाईंले नै पुरानो शक्ति भनेर आरोप लगाउने पुरानै शक्तिमा मिल्दै हुनुहुन्छ। के नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न असफल हुनु भएको हो ?
होइन, म वैकल्पिक राजनीतिक शक्तिको अभियानमै छु अहिले पनि। यसको औचित्य र आवश्यकता अझै छ। यसका दुई पक्ष छन्। एउटा, वैकल्पिक राजनीतिक शक्ति भनेको हिजोका दिनमा लडेर ल्याएको लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्ष, समावेशी, समानुपातिक प्रणाली छ, त्यसको जगमा टेकेर वैकल्पिक राजनीति गर्ने हो। तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्न लागेको छ। यसको विरोधी शक्तिहरूको चलखेल बढेको यो स्थितिमा पहिलो चरणमा यो संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसको निम्ति यो गठबन्धनमा म सक्रिय ढंगले लागेको छु।
अर्को कुरा, यही पुरानो ढाचा र ढर्राले त देशले अग्रगामी निकास पाउँदैन। त्यसका निम्ति निर्वाचनपछि फेरि एउटा बहस र छलफल गरी राजनीतिक विकल्पका खोजी हुन्छन्। त्यस क्रममा फेरि मैले भनेझैं एउटा नयाँ ढंगले लोकतन्त्रमा आधारित समाजवादी विकल्प नै निर्विकल्प छ भन्ने मेरो बुझाइ छ। निर्वाचनपछि त्यो विषयको उठान फेरि नयाँ ढंगले चल्छ। विकल्पको खोजी जारी रहन्छ।
तपाईंकै मुखबाट त सार्वजनिक भएको छैन। तर, प्रचण्डले बारम्बार भन्ने गर्नुभएको छ, नेपाल समाजवादी पार्टी र नेकपा एससँग चुनावपछि पार्टी एकता हुन्छ। तपाईंको भनाइचाहिँ के छ ?
अहिले त उहाँले भने झंै चुनावी तालमेल, कार्यगत एकता नै हो। त्यसपछिको अवस्थामा माओवादी जनयुद्ध नेपालको पछिल्लो अग्रगामी अभियान हो। त्यसअर्थमा माओवादीको हिजो जुन भाष्य छ, नीति कार्यक्रम छ, त्यसलाई समयानुकूल परिमार्जन गरेर, विकसित गरेर अगाडि बढ्यो भने त्यो पनि विकल्प बन्न सक्छ। त्यसमा म खुला छु। तर, अहिले भएकै पार्टीमा यथावत् गएर मर्ज हुने, विलिन हुने भन्ने मेरो इच्छा, आकांक्षा, मनाशय छैन र त्यसरी सोचेको पनि छैन।
यहाँले बेलाबेला मैले कम्युनिष्ट पार्टी छोडेँ भन्ने गर्नुहुन्छ। अब पार्टी एकता हुँदा त फेरि कम्युनिष्ट हुनुपर्ने होला नि ?
होइन, यो विषयमा त हामी पछि नै छलफल गर्छौं। अहिले समय नआइकन किन कुरा गर्ने रु पहिले त हामीले यो निर्वाचन सम्पन्न गरेर प्रतिगमनलाई परास्त गर्नुछ। पहिले हामी त्यसतर्फ केन्द्रित हुन्छौं। त्यतातिर हामीले धेरै चिन्ता र चासो राखेका छैनौं।
यहाँहरूको गठबन्धनको सभामा मन्तव्य सुन्दा प्रचण्डले बेलाबेला अब त बाबुरामजी पनि कमरेड नै हुनुभयो भन्नुहुन्छ। तपाईं कमरेड हुनुभएको हो ?
होइन कमरेड त समाजवादीहरूले पनि प्रयोग गर्ने भाष्य हो। अमेरिकाका राष्ट्रपति बाराक ओबामाले पनि प्रयोग गरेको हामी सुन्छौं। यो कम्युनिस्टहरूको मात्र शव्द होइन। सोसलिस्टहरूले पनि कमरेड शव्द प्रयोग गर्छन्। मलाई कमरेड भन्नु अन्यथा होइन।
तपाईंले गोरखा २ प्रचण्डलाई त्यत्तिकै त छोड्नु भएन। त्यसका पछाडि के–के सर्त छन् ?
कुनै सर्तै छैन। रूपान्तरणका लागि राजनीति गर्दा सर्त राखेर निष्ठाको राजनीति कहिल्यै पनि हुँदैन। एउटै सर्तचाहिँ के हो भने अग्रगमनको दिशातर्फ जानुपर्छ। विकास र समृद्धिको, सुशासन र समृद्धिको जुन एजेन्डा छ, त्यसमा केन्द्रित हुनुपर्छ। गोरखामा मेरो पालामा जुन विकासका आधार तयार भएका छन्, त्यसमा टेकेर अगाडि बढ्ने वातावरण बन्नुपर्छ। त्यत्तिमात्र मेरो सर्त हो। त्यसबाहेक मेरो कुनै सर्त पनि छैन, प्रस्ताव पनि छैन।
प्रधानमन्त्री, राष्ट्रपति वा यस्तै कुनै पद तपाईँको जीवनभरका लागि समाप्त भएको हो रु कि बाँकी नै छ ?
हैन, हैन, केही छैन। म अलिकति भिन्न ढंगको राजनीति गर्ने मान्छे। भिन्न ढंगले सोच्ने, विचार गर्ने मान्छे हुँ। अहिले खालि मान्छेहरू सत्ताका लागि मात्र आकांक्षा राखेर राजनीति गर्नेको हावी छ। विचारको राजनीति विश्वभर र नेपालमा पनि खडेरी भइरहेको छ। खालि सत्तामा जाने, सत्तामा जान राजनीति गर्ने जुन खालको प्रवृत्ति छ, त्यो नै अहिलेको ठूलो समस्या हो।
रूपान्तरणकारी राजनीति भनेको समाजलाई बदल्नका निम्ति, अग्रगमनतिर लैजानका निम्ति, जनताका सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक, भौतिक समस्या हल गर्नका निम्ति निरन्तर चलाइने अभियान हो। त्यसमा चाहिँ सक्रिय रहन्छु। सत्तामुखी राजनीतिमा चाहिँ अहिले मेरो चासो छैन।
सत्तामुखी राजनीति सदाका लागि समाप्त गरिदिनु भएको हो ?
सदाका निम्ति नभनौं, जुन अर्थमा चाहिँ अहिले कार्यकारी भूमिकामा रहने, सदन र सरकारमा जाने अर्थको जुन बझाइ छ, त्यो रेसमा चाहिँ अब म छैन। मचाहिँ नेपालको राजनीतिलाई सदाचारयुक्त बनाउने, नेपालको आधारभूत आर्थिक, सामाजिक, राजनीतिक संरचनात्मक समस्या छ, भूराजनीतिक जटिलता छन्, तिनलाई हल गर्न योगदान गर्ने, मुलुकलाई तीव्र समृद्धितिर लिएर जाने, नीति, निर्माण गर्नमा मद्दत गर्ने, सहयोग गर्ने मेरो अहिलेको सोच छ। त्यसका लागि निरन्तर लागिरहेको छु।
राष्ट्रपति पदका लागि गोरखा छोड्नु भएको भन्ने पनि बाहिर चर्चा छ नि ?
म जस्तो सामान्य व्यक्तिलाई त्यत्रो गरिमामय पदका लागि उपयुक्त छ भनेर कसैले चर्चा गर्नुहुन्छ भने त्यसमा मेरो भन्नु केही छैन। तर, यी सब अनुमान हुन्। म त्यसको आकांक्षी पनि छैन। मैले त्यस्तो कुनै कल्पना गरेको पनि छैन। कसैसँग कुराकानी भएको पनि छैन।
तपाईँले राजनीतिक पुस्ता हस्तान्तरण गर्नुभएको हो ?
हो, राजनीतिक पुस्ता हस्तान्तरण हुनुपर्छ भनेर त मैले पहिल्यैदेखि भनिरहेको हो। यो अहिलेको आवश्यकता पनि हो। मैले आफूले चाहिँ सत्तामुखी राजनीतिबाट अलग भएर रूपान्तरमुखी राजनीति सुरु गरेको छु। नयाँ साथी, नयाँ पुस्तालाई अघि सार्ने प्रयत्न मैले गरेको छु। मैले त सुरुवात मात्र गरेको हुँ। यसले निरन्तरता पाओस्। क्रमशः अबको पाँच वर्षपछि नेपालको राजनीति पूर्णरूपले जान सक्छ भन्ने मलाई लाग्छ।
नजिकबाट भन्नु पर्दा मानुषीजीलाई आफ्नो विरासत सुम्पनु भएको हो ?
हैन–हैन, व्यक्तिगत रूपमा नजानुस् त। यो त राजतन्त्रात्मक प्रणाली भइहाल्यो नि १ नयाँ पुस्ता भनेको मबाट मेरो छोरीमा हस्तान्तरण गर्नु होइन। नयाँ सोंच भएका, नयाँ विचार भएका, उमेरले पनि नयाँ भएका समूहलाई भनिएको हो। मेरो छोरी मात्रैको त कुरै भएन।
१ भोलिको सत्ताको नेतृत्व गर्न सक्ने सम्भावना बोकेको व्यक्ति हुँदा मैले गरेको कामको जगमा टेकेर गोरखा समुन्नत बन्छ भन्ने मेरो सपना हो।
२ विरोधी शक्तिहरूको चलखेल बढेको यो स्थितिमा पहिलो चरणमा यो संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनुपर्छ भन्ने मेरो मान्यता छ।
३ अहिले भएकै पार्टीमा यथावत् गएर मर्ज हुने, विलिन हुने भन्ने मेरो इच्छा, आकांक्षा, मनाशय छैन र त्यसरी सोचेको पनि छैन।
४ विकास र समृद्धिको, सुशासन र समृद्धिको जुन एजेन्डा छ, त्यसमा केन्द्रित हुनुपर्छ।
५ खालि सत्ताामा जाने, सत्ताामा जान राजनीति गर्ने जुन खालको प्रवृत्तिा छ, त्यो नै अहिलेको ठूलो समस्या हो।
मेरो एक मात्र सन्तान मानुषीजी छन्। मपछि मेरो छोरी छन्, उनैले गर्छिन् भनेको त राजाको उत्तराधिकार जस्तो भइहाल्यो नि १ मै राजतन्त्रको अन्त्य र गणतन्त्रका निम्ति आजीवन लड्ने, मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेकै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना हो। फेरि मैले नै यसको हस्को आउने खालको सोच राख्नु त म आफैंमाथि अन्याय भइहाल्यो नि १
मानुषीजीको राजनीतिक सम्भावनाचाहिँ बुबासित सापेक्ष छ कि निरपेक्ष छ ?
सापेक्ष र निरपेक्ष भन्ने कुरा त समयले पुष्टि गर्ने कुरा हो। मेरो अहिलेसम्मको बुझाइ के हो भने उनी आफैं एकदम सम्भावना बोकेको उदयमान, देशको अत्यन्त प्रतिभाशाली किशोरी हुन्। उनी यसरी नै स्थापित हुँदै गइराखेकी छन्। यस्तो प्रतिभाशाली किशोरीलाई हाम्रै छोरीको रूपमा मात्र हेर्नु उनीमाथि अन्याय हुन जान्छ।
राजनीतिक क्षेत्रमै लागेर यत्तिका उमेर बिताएपछि अहिले फर्केर हेर्दा यो अवधिलाई उपलब्धिका रूपमा हेर्नु भएको छ कि, क्षतिका रूपमा ?
यो त ठूलो उपलब्धि हो नि १ मेरो जीवनकालमा मुलुकमा ठूलो परिवर्तन भयो। नेपाल राज्य बने यता सुगौली सन्धि भयो। त्यस यताको अहिलेको परिवर्तन सबैभन्दा ठूलो परिवर्तन हो। हाम्रै महत्वपूर्ण नेतृत्व, प्रयास र प्रयत्नमा परम्परागत राजतन्त्रात्मक राज्यसत्ता, एकात्मक राज्यसत्ताको अन्त्य भएर संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको उदय भयो र गणतन्त्र संस्थागत भयो। हाम्रो कालखण्डमा भएको सबैभन्दा ठूलो परिघटना र परिवर्तन यही हो। मेरा लागि योभन्दा ठूलो खुसी अरू के हुनसक्छ ?
यदि राजनीति नगरेर अरू केही गर्नुभएको भए के गर्नुहुन्थ्यो ?
म मेरो आवश्यकताले, मेरो इच्छाले राजनीतिमा कहाँ गएको हुँ र रु म त एउटा प्लानर थिएँ। पटक–पटक मैले भन्ने गरेको छु, म किन राजनीतिमा लागेँ भनेर। जनताको खुसियालीका लागि राजनीतिक प्रणाली सही हुनुपर्छ। जनताको प्रत्यक्ष सहभागिता भएको राज्य प्रणालीले मात्रै राज्यको स्रोत साधन, मानव स्रोत साधनको उचित प्रयोगले मात्रै देशलाई विकासको गतिमा लैजान्छ भन्ने बुझेर म राजनीतिमा लागेको हुँ।
विकास र समृद्धिको निम्ति म राजनीतिमा लागेको हुँ। त्यसअर्थमा मैले जे गरेँ, त्यो सही छ। राजनीतिले मात्रै समाजको रूपान्तरण गर्न सकिन्छ। राजनीतिले मात्रै आर्थिक, सामाजिक, सांस्कृतिक संरचनालाई एकीकृत ढंगले बुझ्छ र सम्बोधन गर्छ। त्यसैले मैले जीवनमा जुन बाटो लिएँ, त्यसमा मलाई गर्व छ।
गठबन्धन राजनीतिको सबल र दुर्बल पक्ष के–के छन् रु सरकार निर्माण प्रक्रियामै खटपट भएर गठबन्धन अन्त्य हुने सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न ?
यो गठबन्धनलाई ऐतिहासिक आवश्यकताको रूपमा बुझेको छु। खासगरी नेपालमा जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्यौं, र जुन शासकीय स्वरूप हामीले बनायौं, त्यसअन्तर्गत केही अन्तरविरोधहरू त थिए। त्यसले गर्दा देशमा स्थायित्व नहुने, उथलपुथल मात्र भइरहने समस्या थियो। त्यसबाट रोक्न केही समय विचार मिल्ने शक्तिहरू जो लोकतन्त्र, समाजवाद, अग्रगमन, संघीय रूपान्तरणका पक्षधर छन्, तिनीहरू सहकार्य गरेर जाँदा नै यो लोकतन्त्रलाई दिगो बनाउन सकिन्छ जस्तो मलाई लाग्छ।
त्यही अर्थमा यो गठबन्धन, जो संघीय लोकतन्त्र, गणतन्त्रको रक्षा गर्नका निम्ति नै बनेको हो। यत्तिमात्रै सधैं रहिराख्छ त म भन्दिनँ। नेपालको जुन शासकीय प्रणाली हामीले अपनाएका छौं, यसले एउटै दलको मात्र बहुमत आउन सक्दैन। यसमा विचार मिल्ने शक्तिहरूबीच गठबन्धन गर्नु आवश्यक छ र यो गठबन्धन यसैको उपज हो भन्ने मलाई लाग्छ।
यो गठबन्धन पाँच वर्ष जान्छ कि जान्न ?
यसलाई पाँच वर्षसम्म लानुपर्छ। चुनावपूर्व बनेको गठबन्धन भएकाले पार्टीहरूले एक अर्काको मतको प्रयोग गरेर चुनाव जितेका हुन्। यसअर्थमा अर्को निर्वाचन नहुञ्जेलसम्म बलियो गठबन्धन बनाएर एक ढिक्का भएर अघि बढ्न नैतिक रूपमा बाध्य हुन्छन् र हुनुपर्छ।
एउटा गठबन्धनमा रहेर चुनाव जित्ने र अर्कोसित गठबन्धन गरेर सरकार निर्माण गर्नु हुन्न भन्ने पक्षमा म छु। यस्तो अवस्था आयो भने सांसदहरूले राजीनामा दिनुपर्छ भन्ने मेरो तर्क छ। किनभने यो चुनाव आफ्नो पार्टीले मात्र जितेको होइन, चुनावचाहिँ अर्को पार्टीको भोटले जित्ने, कामचाहिँ आफ्नो वा पार्टीको स्वार्थको निम्ति मात्र गर्नु अनैतिक हुन्छ।
मलाई जहाँतहीँ सर्वसाधारणले सोध्ने गर्नुहुन्छ कि, यो गठबन्धन पनि चुनावपछि केपी ओलीसँगको गठबन्धन झंै फेरि टुट्छ कि भनेर। मेरो स्पष्ट धारणा के छ भने, चुनावपछि गठबन्धन तोड्नु अनैतिक काम हुन्छ। मचाहिँ त्यसको विपक्षमा छु र हुनेछु पनि। यदि कसैले अहिले चुनाव जितेर गइसकेपछि यो गठबन्धन तोडेर अर्कोतिर जाने हर्कत गर्छ भने उसले राजीनामा दिनुपर्छ। फेरि चुनावको फेस गर्नुपर्छ, किनभने उसले आफ्नो भोटले मात्र चुनाव जितेको होइन। भोटचाहिँ एउटा पार्टीसित गठबन्धन गरेर जित्ने, फेरि स्वार्थका लागि कित्ता बदल्नु त अनैतिक कुरा हो।
स्वार्थका लागि सांसदहरू यता र उता गर्ने त बिगतदेखिकै परम्परा हो। यसलाई बदल्न सक्नुहुन्छ र ?
यसलाई निरुत्साहित गर्नुपर्छ। यसको निमित्त म त बोल्छु। अरूले पनि बोल्नुपर्छ। म रेकर्ड गरेरै भन्न चाहन्छु कि, यो गठबन्धनबाट चुनाव जित्ने, अनि गठबन्धनको बिरोधमा कोही सांसद जान्छ भने त्यो सांसदले राजीनामा गर्नुपर्छ र फेरि अर्को चुनाव फेस गर्नुपर्छ।
त्यसका लागि कुनै कानून त छैन नि !
हैन, कानुनै चाहिँदैन। नैतिक कानुन नै ठूलो कानुन हो। नैतिक कानुन, नैतिक बल, नैतिक सीमा, नैतिक बन्धन धेरै महत्वपूर्ण हुन्छ।
आउँदो पाँच वर्षका लागि कुनै सुनियोजित योजना छ कि, यसै बित्छ ?
छ, छ मसित एउटा योजना छ। यही वैकल्पिक धार, यही वैकल्पिक शक्ति निर्माणको अभियानमा जुट्नेछु।
वैकल्पिक शक्ति निर्माण गर्ने पनि भन्नुहुन्छ, पुरानै पार्टीसित मिल्ने कुरा पनि गर्नुहुन्छ। यो त विवादास्पद भएन र रु
विकल्प भनेको आकाशबाट शून्यमै खस्ने कुरा होइन नि १ मान्छेहरूमा यही नै भ्रम छ। विकल्प भनेको मुखले नखाएर नाकले खाने, खुट्टाले नटेकेर टाउकाले टेक्ने भन्ने अर्थमा लिनु भ्रष्टीकरण गर्नु हो। हामीले त भएका शक्तिहरूमध्येबाट पनि असल इलिमेन्टहरू लिने, ती तत्वहरूसित मिल्ने, अग्रगमनतिर उन्मुख शक्तिहरूलाई एकीकृत गरेर अघि बढ्नु पनि त वैकल्पिक शक्ति हो। त्यसैले वैकल्पिक शक्तिबारे स्पष्ट पार्नु पनि ठूलो कुरा हो।
दोस्रो कुरो वैचारिक राजनीतिको जुन खडेरी छ राजनीतिमा, नेपालको सन्दर्भमा राजनीति, अर्थनीति, भूराजनीति, सामाजिक सांस्कृतिक नीति, सम्बन्धमा चाहिँ बृहत् ढंगले छलफल गरेर एउटा राष्ट्रिय धारणा निर्माण गर्न योगदान गर्ने मेरो चाहना छ। र, सँगसँगै पाँच वर्ष एउटा स्थायी सरकार लिएर विकास र समृद्धिको जग बसाल्ने, भू–राजनीतिक सन्तुलन कायम गर्ने, देशभित्र राष्ट्रिय एकता कायम गर्ने र यो क्षेत्रमा आफ्नो तर्फबाट सक्दो योगदान गर्ने मेरो योजना छ। अन्नपूर्णपोष्टबाट
Add Comment