प्रहरी बनाइदिन्छु भन्दै रकम असुली गर्ने व्यक्ति पक्राउ

काठमाडौं । दाङमा नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रकम असुली गर्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन्।

लमही नगरपालिका-७, कमानपुर घर भएकी एक युवतीलाई नेपाल प्रहरीमा जागिर लगाइदिने भनी दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा पाल्पा तानसेन नगरपालिका वडा नं ८, स्थायी घर भइ हाल काठमाडौंमा बसोबास गर्ने ५८ का नरेश गौतमलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय, लमहीले जनाएको छ।

दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएसँगै गौतमलाई साउन २९ गते काठमाडौंबाट पक्राउ गरिएको हो।

यससम्बन्धमा वडा प्रहरी कार्यालयमार्फत् अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए।

ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।