काठमाडौं– भारतको दार्जिलिङमा गोर्खाल्याण्डको माग गर्दै आन्दोलन उत्कर्षमा पुगिरहँदा काठमाडौंमा पनि प्रदर्शन हुने भएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले दार्जिलिङका जनताले गरेको आन्दोलनको समर्थनमा प्रदर्शन गर्ने भएको हो । नेकपाले असार १२ गते रत्नपार्कको शान्तिबाटिकाबाट विरोध प्रदर्शन र र्यालीसहित भारतीय दुतावास पुगेर ज्ञापनपत्र बुझाउने नेकपाका सचिव भेषराज भुषालले जनाएका छन् ।
सचिव भुषालले आइतबार विज्ञप्ति जारी गर्दै गोर्खाल्याण्डमा राज्यद्वारा गरिएको व्यापक दमनको विरोध स्वरूप विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउन लागिएको उल्लेख छ । र्याली दिउँसो १ बजे शुरु हुने नेकपाले जनाएको छ ।
यसअघि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पनि विज्ञप्ति जारी गरी गोर्खाल्याण्ड आन्दोलनमा भएको दमनको विरोध जनाएका थिए ।
Add Comment