नभेटाउने मेरा परिकल्पनाहरु

कविता

शिर्षकः नभेटाउने मेरा परिकल्पनाहरु

माया पाउन आत्तिएको मान्छे म
तिमी नहुदा आत्तिने भएछु म
मिठा मिठा कुरा सुन्ने बानि परेको म
कुरा गर्न नपाउदा लाटो हुदी रहेछु म
तिमीलाई हेरी रहने बानी परेको म
एकछिन नदेख्दा यी आखाले खोज्दो रहेछ
भेटीरहने बानि परेको म
एकछिन नभेट्दा मन आत्तिदो रहेछ ।
तिमी सँग डुबिरहने म
एक्लै हुदा घामसँग डुबिदो रहेछ ।

ति आखामा हेर्ने लत मेरो
अरुतिर लत जादो रहेनछ ।
मेरो पिडा बुझिदिने तिमी
आज मलाई पनि बुझि देउन
म रिसाएकी छैन है माया
मलाई एकचोटि भन्ने मौका पनि देउन ।
कहाँ छौ तिमी मैले नदेख्ने गरी मलाई हेरीदेउन
मायाको प्रस्ताव त हामीले गरेका थियनौं
तर माया क्या विधि लाग्दो रहेछ ।
यो माया हो कि पागल पन
तिमीले पनि एकचोटी भनिदेउन
मलाई जस्तो तिमीलाई भएको छ कि छैन
मलाई पनि थाहा देउन,

दिमाखमा होईन मनमा बसेको मान्छे तिमी
केही नबोली मनमनै बात गरी देउन
देखाउन आउदैन मलाई माया
मेरो मायाको आभास गरीदेउन
दिनरात तिमीलाई चाहाने मान्छे म
तिमी नहुदा के भयो होला एकचोटी सोचेर त हेर
मेरा परेली चुम्ने तिमी र तिम्रा अदृश्य प्रेम
कसरी गर्ने मलाई पनि सिकाईदेउन
कति बैमान छ यो दिल
धड्किन्छ मेरा लागी तर तड्पिन्छ तिम्रा लागी
तिमीलाई भेटे पछि यस्तो लाग्यो
बर्बादिको अर्को नाम प्रेम होला सायद
भाग्यमानिहरु रमाउछन् अनि अभागीहरु बौलाउँछन्
मरिहत्ते पनि यस्तो व्यक्तिलाई गर्न पुगेछु
हरेक चोटी तिमीलाई सम्झन्छु
म फेरी तिम्रो प्रेममा पर्छु

कहिल्यै कतै तिम्रो नाम सुन्दा रोकिन पुग्छु म
मेरै हो तिमी भन्दै सायद झुकिन पुग्छु म
किन यति प्यारो भयौ तिमी मेरा लागी
आफ्नो गन्तव्य भुलि तिमीतिरै ठोकिन पुग्छु म
माया बस्यो भन्दा भन्दै तिमीमा प्राण बसेको थाहानै भएन
तिमीबाट पछि हट्न मन त मलाइ पनि थिएन
तर सधै भरी मरिहत्ते गरेर पनि त नहुदो रहेछ ,

कसैले सोध्यो मलाई सबैभन्दा मुस्किल काम के हो ?
मैले मुस्कुराउदै भन्ने गर्छु सम्झेर पनि बिर्से झै गर्नु
भाग्यमा नभएको तर दिलमा बसेको मान्छे मान्छे हौ तिमी
त्यसै कहाँ बिर्सिन सक्छु र ।
कति गाह्रो हुन्छ है त्यो मान्छेलाई भुल्न जसलाई आँखाले होईन
मनले रोजेको हुन्छ ।कहिले काही यति मिठो सपना देखिन्छ की लाग्छ,
जिन्दगी भरी निदाईदिउँ ।

लेख्न कहाँ सकिन्छ र दिलका सबै हालहरु
जवाफ बिहिन हुदो रहेछ कतिपय सवालहरु
नबोल्दैमा सम्बन्ध कहाँँ सकिन्छ र
कुनै सम्बन्ध बोलिसँग होईन मनसँग जोडिएको हुन्छ ।
मन सम्म मन जोडिएको पो होत
मनै टुक्र्याउन त कहाँ मिल्छर
कहाँ मिल्छर ।।।।।।।

लेखकः पूजा रिमाल