काठमाडौं । सरकारले साउन १६ गते १८ देशका लागि राजदूतमा सिफारिस गरेका मध्ये लामो समय नियुक्ति पाउन नसकेका पश्चात पाँच जनाले शुक्रबार राजदूतको नियुक्ति पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि आवासीय राजदूत नियुक्त गरेको कार्यालयले जनाएको छ ।
राजदूत नियुक्ति पाउनेहरुमा गणतन्त्र पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र गणतन्त्र कोरियाको लागि डा शिवमया तुम्वाहाङफे रहेका छन् ।
कोरियाको राजदूत हुने भाग्यमानी डा शिवमाया तुम्वाहाङफे पूर्व उपसभामुख भईसकेकी व्यक्ति हुन् । सेवा लम्साल परराष्ट्र मन्त्रालयकी निवर्तमान सचिव हुन् ।
लम्साल परराष्ट्र मन्त्रालयकी निवर्तमान सचिव हुन् भने तुम्बाहाङ्फे पूर्वउसभामुख हुन् । स्पेनका लागि राजदूत नियुक्त भएका सनिल नेपाल पोर्चुगलका लागि पहिलो नेपाली राजदूत हुन् ।
सरकारले गत साउन १६ गते १८ देशको लागि सिफारिश गरेका मध्ये अधिकाशं राजदूत नियुक्ति पाएर सम्बन्धित देशमा पुगिसकेका छन् ।
Add Comment