काठमाडौं । मंगलबार विहानै नेपालमा निकै नै लामो भुकम्पको धक्का महसुस गरिएको छ । विहान गएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्रायस् ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
खानी तथा भूगर्भ विभागका भरत कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए ।
Add Comment