काठमाडौं । नेपाल सरकारका यस्ता सहसचिवहरु छन् जो सँधै विवादमा मुछिने गर्दछन् । पटक पटक विवादमा मुछिने सहसचिव मध्येका एक हुन् बारामा सिडियो वसन्त अधिकारी । विगतदेखि नै विवादित पृष्ठभूमिका वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेनले आर्थिक चलखेल गरी कर्मचारी प्रशासन संयन्त्र ध्वस्त बनाएपछि गलहत्याएका थिए । उनै वसन्त अधिकारीलाई यतिखेर भने बाराका चिकित्सकहरुले कार्वाहीको माग गरेका छन् ।
उनको गलत सोच र पदको चुरीफुरिका कारण एकै ठाउँमा दुईचार महिना पनि पनि टिक्न सक्दैनन् । महानगरपालिकामा भने मेयर बालेनलाई भ्रममा पारेर दोहोरो चरित्र निभाएकै कारण लामो सयम टिकेका थिए । तर आफूलाई भ्रममा पारेर आर्थिक चलेखेलमा रमाएको थाहा पाएपछि बालेनलाई उनलाई कार्वाही गरेका थिए ।
अहिले बाराका प्रमुख जिल्ला अधिकारी(सीडीओ) रहेका वसन्त अधिकारीलाई चिकित्सक संघले कार्वाहीको माग गरेका छन् । बाराको कलैयास्थित प्रादेशिक अस्पतालका डाक्टरहरूलाई दुर्व्यवहार गरे पछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई कारबाही गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले माग गरेको हो।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा। मनोज गुप्ता र सचिव डा। नौशाद हकले प्रादेशिक अस्पतालमा पुस २१ गते अनुगमनको बहानामा पुगेका बाराका प्रमुख जिल्ला अधिकारी अधिकारीले अस्पतालको बहिरंग विभागमा बिरामीहरूको चेकजाँच गरिरहेका चिकित्सकहरूसँग अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।
बिरामीको चेकजाँच गरिरहेकै बेला चिकित्सकहरूलाई प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले गुन्डा, फटाहा भन्दै मानमर्दन गरेकाले अधिकारीलाई अविलम्ब कारबाही गर्न चिकित्सक संघ नारायणी शाखाले माग गरेको हो।
बाराका प्रमुख जिल्ला अधिकारीलाई कारबाही नगरिए पीडित चिकित्सकहरूलाई न्याय दिलाउन तथा चिकित्सकहरूको मानमर्दनको रक्षाका लागि चिकित्सक संघ आन्दोलनमा उत्रिने चेतावनीसमेत चिकित्सक संघ नारायणी शाखाले दिएको छ।
Add Comment