काठमाडाैं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मर्नेकाे संख्या ५३ पुगेकाे छ भने ३८ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।घाइतेहरूकाे खाेजी तथा उद्धार गर्ने कार्य जारी रहेकाे प्राप्त समाचारमा जनाएकाे छ । सिगात्से सहरमा यस भूकम्पका कारण त्यहाँ ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ ।
नेपालकाे उत्तरी सीमा क्षेत्रका जिल्लाहरूमा समेत भूकम्पले क्षति पुर्याएकाे हुन सक्ने हुँदा त्यहाँ क्षतिकोे विवरण सङ्कलन थालिएको साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पु¥याएको अनुमान गरिएकाे छ । नेपालको राजधानी काठमाडौंसहित उत्तर भारतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियाे ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतमा रहेको थियो जहाँ ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Add Comment