झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण भएको छ।
नेपाल प्रेस युनियन झापाले आज (शनिबार) दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट बा १ झ ६५३ नं को गाडीमा फर्किँदै गर्दा उनीमाथि कनकाई नगरपालिकाको जुकेखाडीनजिक आक्रमण भएको हो।
कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन्। उनको निधार,आँखालगायत शरिरका अन्य भागमा चोट लागेको बताइएको छ। उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ।
बा १ ज १८७० मा आएका व्यक्तिहरुले थापामाथि आक्रमण गरेको बताइएको छ।कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।पक्राउ पर्ने दुबैजना नेपाल विद्युत् प्राधिकरणका कर्मचारी हुन् ।गाडी ओभरटेक गर्ने क्रममा विवाद भएको बुझिएकको छ।
Add Comment