बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
लामिछानेले १ करोड रुपैयाँ बैंक धरौटी बुझाएका हुन् ।आइतबार सम्पन्न थुनछेक बहसपछि रूपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा हुन आदेश दिएको थियो । रूपन्देहीका न्यायाधीश प्रह्ललादकुमार योगीको इजलासले उक्त आदेश दिएको हो ।
कास्की र काठमाडौंले जस्तै रुपन्देहीले पनि प्राप्त प्रमाणका आधारमा लामिछाने ‘कसुर नगरेको मनासिव आधार नदेखिएको’ भन्ने आधार देखाई धरौटी मागेको हो ।
लामिछाने यसअघि पनि कास्कीमा ६५ र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका हुन् । लामिछानेविरुद्ध चितवन र पर्सामा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका विषयमा मुद्दा दायरको तयारी भएको छ ।


Add Comment