संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको फाइनलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई टाइब्रेकरमा हराउँदै संकटाले उपाधि जितेको हो ।
संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो ।उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पारेको छ भने बागमतीले १३ लाख रुपैयाँमै चित्त बुझाउनु पर्यो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टी सुटआउटमा पुगेको थियो ।संकटाका लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके।
बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके। कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके। रजत तिवारीको प्रहार गोल पोस्ट भन्दा बाहिर गयो ।
Add Comment