काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले म्याट्रिक्स फाइट नाइट च्याम्पियनका विजेता रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेकका छन् । काठमाडौं महानगरपालिकाले विजेता ढाटको सम्मानका विशेष कार्यक्रम आयोजना गरी नगद २ लाख सहित सम्मान गरेको हो ।
भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा विजयी भएर नेपाललाई विश्वभर चिनाउन सफल भएको भन्दै महानगरले रविन्द्र ढाँटलाइइ २ लाख पुरस्कारसहित सम्मान गरेको छ । यस्तै गत माघमा भारतमा भएको पहिलो विश्व खो खो खेलमा उपविजेता नेपाली महिला र पुरुष टोलीलाई ११–११ लाख पुरस्कार सहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवं सामाजिक समितिका संयोजक राम कुमार केसीले नेपाललाई विश्वसामु चिनाउन सफल हुनुभएका खेलाडीहरुको हौसला स्वरुप महानगरले सम्मान गरेको बताए ।
सम्मान कार्यक्रममा म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटले काठमाडौं महानगरपालिकाबाट सम्मान पाउदा अत्यन्त खुशि लागेको र आगामि दिनमा अझै राम्रो गर्ने विश्वास भन्दैे महानगरलाई धन्यवाद समेत दिएका थिए । मंगलबार महानगरले ढाटलाई दुईलाख पुरस्कार दिएको थियो भने मंगलबार नै सरकराले पाँच दिने घोषणा गरेको छ ।


Add Comment