काठमाडौं । सौन्दर्यको भग्नावशेष कविता संग्रह लोकार्पण भएको छ । सञ्चारकर्मी एवं कवियित्री एलिसा ढुङ्गानाद्धारा लिखित कविता संग्रह पूर्व सचिव एवं गीतकार दिनेश अधिकारी, डा नवराज लम्साल, पूर्व सचिव एसपी कोइराला लगायतका साहित्यकारहरुले संयुक्त रुपमा गर्नु भएको हो । कविता संग्रहको लोकार्पण गर्नु हुँदै नेपाल सरकारका पूर्व सचिव एव गीतकार दिनेश अधिकारीले जीवन र जगतका सत्यहरुलाई कविता संग्रहमा उतारिएको बताउनु हुँदै कवितामा हुनु पर्ने गुण सम्पूर्ण रहेकाले निरन्तर अगाडि बढ्न प्रेरित गर्नु भएको थियाो ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार डा नवराज लम्सालले सौन्दर्यको भग्नावशेष संग्रहले मानिसका सपना र रहरहरुमात्र होइन अवसर र असन्तुष्टीकाबीच कसरी अघि बढ्ने भन्ने चर्चा गरेको र कविले आफ्ना भावनात्मक विद्रोहलाई सहजतामा ढाल्नु पर्छ भन्ने सन्देश दिएको बताउनु भयो ।
कार्यक्रममा प्राज्ञ एवं साहित्यकार देवी नेपालले कविता संग्रहको भावना, प्रकृति प्रेम र समाजसँगको अन्तरघुलन रहेको रहेको विश्लेषण सहित समिक्षा गर्नु भएको थियो ।
साहित्यकार कवियित्री एलिसा ढुङ्गानाले आफ्नो कविता संग्रहको नामाकरण मात्र होइन कविताको भावसँगै संग्रह लोकापर्ण हुँदासम्मको अवस्थाका बारे चित्रण गर्नु भएको थियो ।
कविता संग्रह प्रकाशन गरेको ए.ई.एम ग्रपका अध्यक्ष अजय रेग्मीले आफूहरु मुस्कान सहितको सेवासँग साहित्य क्षेत्रमा पनि सक्रिय रहेको बताउनु भयो ।
कार्यक्रममा वरिष्ठ कविहरु राजेन्द्र शलभ, मणि लोहनी लगायतले कविता वाचन गर्नु भएको थियो । एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएको छ । लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार, कवि एव सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


Add Comment