काठमाडौै । सामाजिक सञ्जाल फेसबुकमा अचेल ठगीका घटनाहरू दिनानुदिन बढ्दै गएका छन्। तसर्थ यी कुरामा मात्र ध्यान दिने हो भने पनि तपाईं हामी फेसबुकको ठगीका घटनाबाट केहीहदसम्म बच्न सकिन्छ ।
-
अपरिचित वा दोहोरो फेसबुक अकाउन्ट देख्दा फ्रेन्ड रिक्वेस्ट स्वीकार गर्नु अघि पुष्टि गर्ने।
-
बैंक खाता नम्बरसहित सहयोग मागिएको पोस्ट देख्दा सोझै पैसा पठाउने होइन, सम्बन्धित व्यक्तिसँग फोन वा अन्य माध्यमबाट कुरा गर्ने।
-
व्यक्तिगत जानकारी, बैंक विवरण वा गोप्य जानकारी फेसबुकमा साझेदार नगर्ने।
-
सकेसम्म फेसबुकको गोपनीयता सेटिङ्ग कडा बनाउने ताकि अपरिचित व्यक्तिले तपाईंको जानकारी दुरुपयोग गर्न नसकोस्।
-
यस्ता ठगी वा संकास्पद गतिविधिहरू देखेमा तुरुन्तै फेसबुकमा रिपोर्ट गर्ने र आवश्यक परेमा प्रहरी वा साइबर सेललाई जानकारी गराउने।
साइबर अपराधीहरू नयाँ-नयाँ तरिकाले ठगी गर्ने प्रयास गरिरहेका छन्। त्यसैले सतर्कता अपनाएर मात्र सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ।


Add Comment