काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।
खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए । हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य रहेका खरेल पूर्वमहान्यायाधिवक्ता पनि हुन् ।
यस्तै बैठकले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिफारिस समितिको सुझावको आधारमा देवकोटालाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।
देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।२०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा. देवकोटा विभिन्न स्वास्थ्य संस्थाको जिम्मेवारी सम्हालिसकेका छन् ।


Add Comment