काठमाडौँ । महायज्ञ लगाउने नाममा सिराहाको औरही गाउँपालिका–५ मा दलित परिवारको घर भत्काइएको विषयले संसदमा चर्को वशस शुरु भएको मात्र होइन राष्ट्रिय सभामा निकै नै चर्काचर्की भएको छ । राष्ट्रिय सभा साँसदहरुले दलितको घर भत्काएको विषयमा आपत्ति जनाएका छन् ।
सांसदहरुले महायज्ञको नाममा भएको जातीय विभेदको घटनाको छानविन गर्न आयोग गठन गर्न माग गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
Add Comment