काठमाडौं । राजतन्त्रको पक्षमा आन्दोलन गर्न जम्मा भएका राजावादी समूहको जुलुशले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुनेमा प्रहरी र प्रर्दशनकारीवीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारवीच भएको झडपमा केही राजावादीहरु घाईते भएका छन् । प्रहरीले स्थिति नियन्त्रण लिनका लागि अश्रँग्यास प्रयोग गरेको छ ।
कार्यक्रम स्थल नजिक झडव भएपछि राप्रपाको कार्यक्रम समेत प्रभावित बनेको छ । कार्यक्रम प्रभावित भएसँगै मञ्चमा बोल्न तयार भएर बसेका राजावादी नेतााहरु तितरवितर भएका छन् । आन्दोलनकारीहरुलाई प्रहरी अश्रूग्याँस, पानीको फोहोरा प्रयोग गर्नुको साथै लाठी चार्ज समेत गरेको थियो । आन्दोलनकारीहरुले गणतन्त्रका विरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।
Add Comment