काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । राजा फर्काउने आन्दोलनमा संलग्न प्रदर्शनकारीहरूले स्थानीय व्यक्तिका घरमा तोडफोड र आगजनी गरेको आशंका गरिएको छ । प्रदर्शनकारीहरूले घरभित्रका कुर्सी र कागजपत्र निकालेर आगो लगाएका हुन्।
तीनकुनेको रोयल रोयल बैंक्वेट नजिक रहेका दुई घरमा प्रदर्शनकारीहरू प्रवेश गरी त्यहाँ आगजनी गरेका थिए। प्रदर्शनकारीको ढुंगा प्रहारले घरका झ्यालका सिसा फुटेर छियाछिया भएका छन्।
प्रदर्शनकारीहरूले घरको छतबाट अश्रुग्याँस प्रहार गरिएको भन्दै आक्रोश व्यक्त गर्दै घरभित्रका सामान बाहिर ल्याएर जलाएका हुन्। यस घटनाले तिनकुने क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना गरेको छ, र सुरक्षाकर्मीहरूले घटनास्थलमा थप निगरानी राखेका छन्।
प्रदर्शनकारीहरूको असन्तोष र आक्रोश अझै जारी रहेको देखिन्छ, जसले गर्दा सुरक्षाकर्मीहरूले थप कदम चाल्ने तयारी गरेका छन्।
Add Comment